Kehi mitho baat gara Lyrics

 


Artist: नारायण गोपाल

Album: गितियात्रा

Released: १९८८

(केही मिठो बात गर रात त्यसै ढल्किदै छ)×२

भरे फेरि एकान्तमा रुनु त छँदै छ,

केही मिठो बात गर रात त्यसै ढल्किदै छ,


(रमाइलो कुरा गर, सपनाको कुरा गर)×२

संग संगै बिताएको (सम्झनाको कुरा गर)×२

दुःख छोड दुःख लाई त जिन्दगानी छँदै छ,

भरे फेरि एकान्तमा रुनु त छँदै छ,

केही मिठो बात गर रात त्यसै ढल्किदै छ,


आऊ नाचौ अंध्यारोमा जूनकीरी नचे जस्तै,

बतास मा उडौ आज (सिमल को भुवा जस्तै)×२

दुई कदम साथ हिडौँ छुटिनु त छँदैछ,

भरे फेरि एकान्तमा रुनु त छँदैछ,

केही मिठो बात गर रात त्यसै ढल्किदै छ






Comments